ईलाम । ईलामको सुर्योदय नगरपालिका ४ मा रहेको सुवास गुरुङको खाली घरबाट ठुलो परिणाममा अबैध समानहरु बरामद भएको छ । भारतबाट भन्सार छली अबैध रुपमा नेपाल भित्र्याएर गुरुङको घरमा भण्डारण गरेको भन्ने सूचनाका आधारमा शनिवार साँझ पौने ६ बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले बिभिन्न किसिमका लत्ता कपडा, ईलेक्ट्रोनिक्स समानहरु गरी अन्दाजी १५ लाख बराबरको अबैध सामान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय बुझाईने कार्यालयले जनाएको छ ।