पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु - Pahilo Online

पथरी शनिश्चरेमा बाख्राका लागि पीपीआरको निःशुल्क खोप अभियान सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका बाख्राहरुमा आइतबार बाट पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाउने कार्यक्रम सुरु भएको छ । नगरपालिकाको पशुपंक्षी शाखाको आयोजनामा ‘आफु पनि बचौं, पशुपंक्षीलाई पनि बचाउन खोप लगाउ’ भन्ने अभियानका साथ वडा नम्वर १० को पशुपतिनगर टोलबाट खोपको सुरुवात भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले कार्यक्रमको उद्घाटन् गर्दै नगरमा पशुपालन व्यवसायको प्रवद्र्धनमा नगरपालिका लागिरहेको वताइन् ।

पथरी सहकारी संस्था लिमिटेडको संयोजन र नेपाल पारा भेटेरीनगरी एशोसियशन् नगर समितिको समेत सहभागितामा संघीय सरकारको कार्यक्रम अन्तर्गत खोप लगाउन थालिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाए । अन्य वडामा माघ २९ गतेदेखि पीपीआरको खोप अभियान सञ्चालन गरिने पनि उनले जानकारी दिए। त्यसपछि गाई, भैंसी लगायतका पशुहरुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप समेत सञ्चालन गर्ने शाखाले योजना बनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes