ताप्लेजुङ । ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका २ खाल्टे थेचम्बु बस्ने ३५ बर्षीया शुकमाया लिम्बुको खुकुरी प्रहारबाट मृत्यु भएको छ। शुक्रबार साँझ सवा ५ बजे दाजुभाईको अंशबण्डाको बिषयलाई लिएर बिबादहुदा दाई ४३ बर्षीय पुर्णकुमार लिम्बुले आफ्नैकान्छी भाईबुहारी बिरेन्द्रकुमार लिम्बुको श्रीमती शुकमायालाई धारिलो हतियार खुकुरीले घाँटी र टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पुर्णकुमारलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।