पथरी शनिश्चरे । नेशनल प्याब्सन पथरी शनिश्चरेले नयाँ कार्य समिती चयन गरेको छ । गत बर्षबाट सक्रिय बनेको एन प्याब्सन पथरी शनिश्चरेले कमल खरेलको संयोजकत्वमा गत बर्ष गठन गरेको तदर्थ समितीलाई भङ्ग गर्दै नयाँ समिती गठन गरेको हो। शुक्रबार ऐतिहासिक संज्ञा दिएको प्रथम नगर अधिवेशन गर्दै नयाँ कार्य समिती चयन गरिएको हो ।
एन प्याब्सन पथरी शनिश्चरेले थिर प्रसाद आचार्यको अध्यक्षतामा समिती गठन गरेको हो। समितीको उपाध्यक्षमा चन्द्र बहादुर चोङबाङ, सचिब सरोज तिम्सिना, सह सचिव पुकार राई, कोषाध्यक्षमा शुशिला मगर र सदस्यहरुमा चन्द्र बहादुर राई र विनोद तामाङ्ग चयन भएका छन्।
पथरी शनिश्चरे नगरपालिका भित्र रहेका १५ वटा निजि विद्यालयहरुको साझाँ संगठन एन प्याब्सन पथरी शनिश्चरेले आगामी दिनहरुमा अन्य विद्यालयहरुलाई समेत संगठनमा सामेल गराउने योजना बनाएको छ।