लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न, योगदान दिने व्यक्तिहरु सम्मानित - Pahilo Online

लर्ड बुद्धको १७ औँ स्थापना दिवस सम्पन्न, योगदान दिने व्यक्तिहरु सम्मानित

writer

प्रेमप्रसाद भट्टराई(के.डी) । पथरीशनिश्चरे वडा नं २ मा अवस्थित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाले शनिबार १७ औँ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष अमिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बास्तोला)को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा संबिधानसभा सदस्य चण्डीप्रसाद राईको बिशेष आतिथ्यता रहेको थियो ।

पथरीशनिश्चरेका केही सहकारीहरुले नगरबासिमा ठगी गरिरहेको समाचार बाहिरीएको भन्दै अब स्थानिय सरकारले त्यस्ता संस्थाहरुमाथि अनुगमन गर्ने प्रमुख अतिथि यमुना विष्ट बास्तोलाले बताइन् । कार्यक्रममा बोल्दै उनले एकल महिला तथा बृद्धबृद्धाहरुलाई सम्मान गरेकोमा संस्थाको उच्च मुल्याङ्कन गर्दै धन्यबाद ब्यक्त गरीन् । त्यस्तै नगरमा रहेको सुकुम्बासी समस्याको समाधान यही सरकारले गर्ने समेत उनले बताएकी थिइन्।

संस्थाले नगरमा रहेर उक्त सहकारीका समाचार सम्प्रेषण गरि संस्थालाई योगदान पु¥याउने पत्रकारहरुका लागि स्थापना गरेको पत्रकारीता पुरस्कारबाट एभीन्युज टेलिभिजनका संबाददाता गोपाल काफ्लेलाई नगद रु ५ हजार १ रुपैयासहित सम्मान गरेको थियो । त्यस्तै संस्थाले एकल महिला राहत बितरण कार्यक्रम अन्तर्गत ५ जना एकल महिला नगद रु २ हजार प्रदान गरेको थियो । सहकारीले स्थापना दिवसको अवसरमा ५ पिन्टभन्दा बढी रक्तदान गर्ने संस्था जनता मा.वि, समृद्धि कृषि फार्म, नमस्ते बुद्ध इन्भेष्टमेन्ट कम्पनिलाई सम्मान समेत गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes