पहिलो दिन ६ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन - Pahilo Online

पहिलो दिन ६ हजार बढीले हात्तीपाइले विरुद्धको औषधि सेवन

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले पनि आज (शनिबार)देखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ । जसमा पहिलो दिन ६ हजार १ सय ९० जनाले औषधि सेवन गरेका छन् ।

जसमा, वडा नम्वर १ मा १ हजार २ सय ८७, २ मा ३ सय ७०, ३ मा २ सय ९८, ४ मा ७ सय ९५, ५ मा ६ सय ६४, ६ मा ८ सय ९९, ७ मा ४ सय ४४, ८ मा ३ सय २८, ९ मा ६ सय ८७ र १० मा ४ सय १८ जनाले औषधि सेवन गरेको स्वास्थ्य संयाजक मुरारी आचार्यले जनाए।

वडा वडामा कार्यक्रमको उद्घाटन्पछि १० वटै वडामा घर घरमा गएर औषधि सेवन गराउने काम सुरु भएको हो । वडाका जनप्रतिनिधिहरुले औषधि सेवन गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए । नगरका सञ्चारकर्मीहरु वडा विभाजन गर्दै वडा वडामा पुगेर औषधि सेवनमा प्रोत्साहन गर्दै रिपोर्टिङमा खटिएका छन् ।

हिजो नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश सांसद कृष्णकुमारी राई र पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन् गरेपछि आजबाट वडा वडामा औषधि सेवनको अभियान अघि बढाइएको हो ।

अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले वडा वडाका संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई औषधि सेवनका बारेमा अभिमुखिकरण प्रदान गरेको छ । सवैले सवैलाई औषधि खानका लागि आव्हान गर्न अनुरोध गरिएको नगर प्रमुख राईले वताउनु भयो । कार्यक्रममा पथरी नगर अस्पतालका डा. सावन मेहताले औषधिले असर गर्छ भन्ने भ्रम हटाएर सवैले औषधि खाँदा मात्र रोग निवारण हुने उल्लेख गरे। नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत एक सातासम्म घर घरमा गएर औषधि खुवाउने कार्यक्रम अघि बढेको छ ।

१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि अभिमुखीकरणका साथै प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिएको छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम सञ्चालन भएको छ । गत वर्ष पथरी शनिश्चरेमा ८९ प्रतिशतले औषधि सेवन गरेका थिए । यो वर्ष प्रदेश नम्वर १ मा मोरङका साथै झापा र धनकुटामा यो अभियान सञ्चालनमा छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes