पथरीशनिश्चरेमा आजबाट हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाइदै - Pahilo Online

पथरीशनिश्चरेमा आजबाट हात्ती पाईले रोग बिरुद्धको औषधी खुवाइदै

writer

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आजबाट हातीपाईले रोग विरुद्धको औषधी सेवन गर्ने महा अभियानको सुरुवात हुदैछ । शुक्रबार उद्घाटन अवसरमा नगरपालिकाको प्रमुख दिलिप कुमार राईले औषधी सेवन गरेर सूरुवात गरेका हुन्।

नगरपालिकाका जेष्ठ नागरिक,समाजसेवी,बुद्धिजिवी र पत्रकारहरु लगाायतले शुक्रबार औषधी सेवन गरेका छन् । सो अवसरमा नगरप्रमुखले राईले हातीपाईले रोग बिरुद्धको औषधी मैले त खाए, अब खानेपालो तपाईको भन्दै औषधी खानका लागि आवहान समेत गरेका छन् ।

आज शनिबार बाट प्रदेश नम्बर १ का ३ वटा जिल्लामा खुवाईदै छ । प्रदेश नम्बर १ को ३ जिल्ला ( झापा , मोरङ र धनकुटा) मा हात्तीपाईले रोग बिरुद्धको औषधी खुवाउन लागिएको हो । यस अभियान अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिकाले पनि आज देखि वडा वडामा अभियान सञ्चालन गर्दैछ । यस रोगको प्रभाबित १३ प्रतिशत देखिएपछि सर्बेक्षण तथा अध्ययनका आधारमा त्यसलाई १ प्रतिशतमा झार्नको लागि नवौँ पटक पनि औषधी खुवाउने कार्यक्रम गर्न लागिएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

मोरङमा १० लाख ८७ हजार ७ सय २१ जनसंख्या रहेकोमा औषधी खुवाउनु पर्ने जनसंख्या ९ लाख २४ हजार ५ सय ६२ रहेको प्रदेश स्वास्थ्य साखाले जनाएको छ । हातीपाइले रोगको औषधी ६ वर्ष सम्म खुवाए पुग्ने भनिएता पनि बिगत ९ वर्ष देखि नगरमा खुवाईदै आइरहेको छ । सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes