विराटनगर । मोरङको विराटनगरमा घाँटी काटिएको अवस्थामा एक युवतिको शव फेला परेको छ । अन्दाजी २५ वर्षीया युवतीको शब उखु बारीमा घाँटी काटिएको र सलले बेरेको अवस्थामा फेला परेको हो ।
विराटनगर १२ बखरीमा प्रहरीले शव फेला पारेपनि शवको पहिचान भने हुन सकेको छैन् । मोरङका एस.पी विश्व अधिकारीका अनुसार शव फेला परे पनि पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या गरेर उखु बारीमा फालिएको थियो ।