झापा हत्या प्रकरणमा समलग्न दुई युवक पक्राउ - Pahilo Online

झापा हत्या प्रकरणमा समलग्न दुई युवक पक्राउ

writer

झापा । एक भारतीय नागरिक लाई परालको कुन्युमा जलाएर हत्या गरेको आरोपमा प्रहरीले झापाका दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–२ चारपानेका १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करुण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। पक्राउ परेका दुईजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान सार्वजनिक गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट घटनामा प्रयोगमा भएका चक्कु, लाइटर, मृतकको मोबाइल, टुक्रा पारिएको सिम कार्ड, रगत लागेको टिसर्ट बरामद गरेको छ। भारतीय नागरिकको संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) हत्या गरिएको अवस्थामा फेला परेको थियो। पक्राउ परेका दुवैजनालाई ती भारतीय नागरिकको हत्याको अरोपमा कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइने प्रहरी उपरीक्षक कोइरालाले बताए।

भारत बिहार राज्यस्थित अररिया, हसन मोहल्ला घर भई हाल बिर्तामोड–२ चारपानेमा बस्दै आएका करिब ४० वर्षीय सुभान शेखको हत्या भएको थियो। उनको हत्यापछि घटनालाई ढाकछोप गर्न परालको कुन्युमा लगेर जलाइएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक कोइरालाले बताए। प्रहरी उपरीक्षक कोइरालाका अनुसार सोमबार बेलुका स्थानीय बुद्धिमाया राईको मदिरा पसलमा रक्सी पिउन भारतीय नागरिक शेख गएका थिए।

उनी बिर्तामोडमा मजदुरी गर्दै आइरहेका थिए। रक्सी पिउँदै गरेको बेला त्यही पसलमा लक्ष्मण र करण पनि रक्सी पिउन पुगे। उनीहरू पनि मजदुर हुन्। शेख, लक्ष्मण र करणबीच सामान्य चिनजान थियो। रक्सी पिउने क्रममा शेखसँग लक्ष्मण र करणको वादविवादपछि झगडा भएको थियो। झगडाको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको बताइएको छ। मदिरामा नशा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes