संखुवासभामा अज्ञात समूहद्वारा स्काभेटर आगजनी - Pahilo Online

संखुवासभामा अज्ञात समूहद्वारा स्काभेटर आगजनी

writer

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका ५ मा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ। अज्ञात समूहको आगजनीबाट बा. २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको छ। आगजनीबाट स्काभेटरका पाटपुर्जामा क्षति पुगेको ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिका विपीन न्यौपानेले बताए।

ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिले खाँदबारी–लिङलिङ–चैनपुर सडक खण्डमा काम गरिरहेको छ। ओएसिस एण्ड विल्र्डस प्रालिले निर्माणका लागि पाँचखपन ५ खमारेमा राखेको स्काभेटर अज्ञात समूहले मंगलबार राति आगो लगाएका थिए। स्काभेटर आगजनीको कसैले जिम्मा लिएको छैन। स्काभेटर आगजनी गर्न समूहको खोजी भइरहेको संखुवासभा प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes