अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ४ मा आज आर्थिक अवस्था न्युन भई जन्डीस रोग बाट पिडित भएर गत माघ १४ गते मृत्यु भएकी कुशल चौक माईतीमा बस्दै आएकी शर्मिला मगर तामाङको परिवारलाई १० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
वडाले शहिद बेपत्ता, आन्दोलन र घाईते सम्मान शिर्षकबाट तामाङलाई १० हजार सहयोग गरेको हो। तामाङको आर्थिक अवस्था न्युन भई जन्डीस रोग बाट पिडित भएर ३७ वर्षको अल्पायु उमेरमा नै मृत्यु भएको हो। उनले सिन्धुपाल्चौकका कुमार तामाङ संग विवाह गरेकी थिईन्।
२ वर्ष अघिबाट उनका श्रीमान संग सम्र्पक विहीन रहेकी थिईन् । उनी कुशलचौक माईतीमा २ जना नावालक छोरीहर संग बस्दै आएकी थिईन् । उनका नाबालक छोरीहरु ८ वर्षकी कुशुम र ५ वर्षकी शुशिका तामाङ अहिले मामलीमा हजुरबुबा तारा बहादुर मगरको साथमा रहेकाछन् । तारा बहादुरको पनि आर्थिक अवस्था कमजोर भएकोले राम्रो शिक्षा प्रदान गर्न कठिन भएको हुदाँ कुशुम अहिले मिलन प्राविमा कक्षा १ मा पढ्दै आएकी छिन् ।
आर्थिक सहयोग उनका माइतीका बुबा तारा बहादुर मगरलाई हस्तान्त्रण गदै वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले आगामी दिनमा वडाबाट गर्न सक्ने सहयोग र व्यक्तिगत सहयोगमा उनका नाबालक २ छोरीहरुलाई पढ्ने खर्च र कपडाको लागी पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन् । सहयोग कार्यक्रममा सदस्य तुलसा देवि दर्जी,संविधान सभा सदस्य लाल बहादुर सुस्लीङ मगर,गोपाल खड्का, गीता भट्टराई लगायतको उपस्थिति रहेको थियो ।