पथरी शनिश्चरे नगरको छैटौं नगरसभा आगामी फागुन १० गते - Pahilo Online

पथरी शनिश्चरे नगरको छैटौं नगरसभा आगामी फागुन १० गते

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको छैटौं नगरसभा आगामी फागुन १० गते हुने भएको छ । नगरप्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बिहिबार बसेको कार्यपालिका बैठकले फागुन १० गते छैटौं नगरसभा गर्ने निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

साथै वैठकले हात्तीपाइले विरुद्ध घर घरमा गएर औषधि खुवाउने अभियानको माघ २४ गते नगरपालिका कार्यालयमा उद्घाटन् गर्ने र २५ गतेदेखि सवै वडामा कार्यक्रम अघि बढाउने निर्णय समेत गरेको छ । नगर प्रमुखको संयोजकत्वमा नगरको बसोबासको समस्या समाधानका लागि पहल गर्न सर्व पक्षीय सहभागितामा विभिन्न मन्त्रालयहरुमा ध्यानाकर्षण गराइएको समेत वैठकमा जानकारी गराइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes