मोरङ । उदयपुरको त्रियुगा नगरपालिका १३ बाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १२ का बिकाश कट्वाल र त्रियुगा नगरपालिका ११ का २५ बर्षीय सुवास धमलालाई स्टागन ४ एम्पुल, मरफियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल, लोरी ४ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी मोरङ बिराटनगर महानगरपालिका १४ स्थित सिमा एरियाबाट लागुऔषध चरेश सेवन गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय २६ बर्षीय दिपक सहनी, ४२ बर्षीय राम यादब र ५५ बर्षीय मुस्तफीर मिया रहेका छन । आज दिउँसो १२ बजे दिपक सहनीको कोठामा चरेश सेवन गरिरहेको अवस्थामा १०० ग्राम चरेश सहित तिनैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।