नगरमा सञ्चालित २ योजना अनुगम - Pahilo Online

नगरमा सञ्चालित २ योजना अनुगम

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेका विकासका योजनाहरुको अनुगमनका क्रममा पछिल्लो पटक २ योजनाको अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले वडा नम्वर ५ को तित्रीझाँक खेलमैदानमा माटो पुरिएको र ६ को सडक ग्राभेलको योजना अनुगमन् गरेको हो ।

२ लाखको लागतमा तित्रिझाँक खेलमैदानमा माटो पुर्ने कार्य सम्पन्न भएको छ । जसलाई थप सम्याउन समितिले सुझाव दिएको छ । उता, ६ नम्वरमा नेवार कान्छाको घरदेखि कृष्ण वस्नेतको घर छेउ गेलाबारी चोकको पुलसम्मको ५ सय १२ मिटर सडक ग्राभेलको पनि अनुगमन् भएको छ । जसको लागत २ लाख ५० हजार रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes