हात्तीपाइले अभिमुखीकरण सम्पन्न - Pahilo Online

हात्तीपाइले अभिमुखीकरण सम्पन्न

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा वडा वडाका सामाजिक अगुवाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जस अन्तर्गत आज अन्तिम दिन वडा नम्वर ३ र ७ का संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवाहरुसँग सामुदायिक सिकाई केन्द्र किरातीचोकमा अभिमुखिकरण कार्यक्रम भएको हो । अर्काे कार्यक्रम वडा नम्वर ९ का संघ संस्थाका प्रमुख सहितका सामाजिक अगुवाहरुलाई शनिश्चरेमा अभिमुखिकरण गरिएको स्वास्थ्य शाखाका एकराज खत्रीले जानकारी दिए।

हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा प्रष्ट्याइएको छ । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने पनि समेत जनाइएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न नगरपालिका कार्यालयले सवैमा आव्हान गरेको छ ।

१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि अभिमुखीकरणका साथै प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes