सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने - Pahilo Online

सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने

writer

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन लागिएको हो । ग्रामिण उद्योग तथा बिप्रेषण आयोजना, समृद्धि हेल्भेटास र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १को संयुक्त आयोजनामा भएको एक कार्य क्रमका विच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउने बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गर्नु भएको हो ।

कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने कार्यकारी निर्देशक भण्डारीको भनाई छ । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिने भण्डारीले जानकारी दिनुभयो ।

सहभागीहरुलाई कार्यस्थलमै ६ महिना तालिम दिइ दक्ष बनाएर उद्योगमै अन द जब रोजारी दिइने सम्झौतामा उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रम तथा औद्योगिक प्रशिक्षण तालिम सञ्चालनार्थ अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले माग अनुसारको दक्ष जनशक्ति नहुँदा उद्योगमा दक्ष रोजगारको अभाव रहेको बताउनुभयो ।

श्रेष्ठले उद्योगमै तालिम दिँदा उद्योगलाई चाहिएको दक्ष कामदार उपलब्ध हुने र परिवारसँगै बसेर स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने दाबी गर्नुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes