वडा नं १० का अशक्तलाई घरमै सामाजिक भत्ता - Pahilo Online

वडा नं १० का अशक्तलाई घरमै सामाजिक भत्ता

writer

Santosh Khaling Rai

पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं १० का अशक्त, अपाङ्ग तथा बृद्धबृद्धालाई घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरण गरिने भएको छ । रोगी, बिमामी तथा अन्य कारणले बैंकखाता खोल्न बैंकसम्म जान नसक्ने वडाबासीहरुको समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सागर राई र देव बिकास बैंक पथरी शाखाका प्रमुख देव चौधरीले घरघरमै पुगि बैंकखाता समेत खोलिदिएका छन् ।

बैंकसम्म जानै नसक्ने अशक्त,अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भक्ता प्रदान गरिने वडाध्यक्ष राईले बताए । त्यस्तै सामाजिक सुरक्षाभत्ता पाउने ब्यक्तिहरुले २४ गते भित्रै देव बिकास बैंकमा खाता खोल्न समेत उनले वडाका नागरीकलाई जानकारी गराएका थिए । सो वडाको सामाजिक सुरक्षाभत्ता बितरणका लागि देव बिकास बैंकले सहजिकरण गर्दै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes