मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते - Pahilo Online

मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते

writer

मोरङ । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे मोरङको सुन्दर हरैचा नगरपालिका १० जरुवामा प्रदेश नम्बर १–०२–००१ ख ८१०९ नम्बरको टिपरले साईकल यात्री स्थानीय ४७ बर्षीय बाबुराम कार्कीलाई ठक्कर दिंदा कार्की घाईते भएका थिए । घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ भने टिपर चालक र टिपर उक्त कार्यालयले नियन्त्रणमा लिएको छ ।

यसैगरी स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा उर्लावारी नगरपालिका १ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका(६ का २६ बर्षीय डेकेस बि.क., निजको श्रीमती २० बर्षीया सिर्जना बि.क, निजकै सासु ४३ बर्षीय कल्पना ठटाल र ३ बर्षीया छोरी प्रतिक बि.क घाईते भएका थिए । घाईतेहरुको बिराट नर्सिङ होममा उपचार भईरहेकोमा ३ बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बस र बस चालककाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes