पथरी बहुमुखीमा खेलकुद सप्ताह चल्दै - Pahilo Online

पथरी बहुमुखीमा खेलकुद सप्ताह चल्दै

writer

सन्तोष राई । पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरीबहुमुखी क्याम्पसमा खेलकुद सप्ताह २०७६ माघ १९ गते आइतबारबाट सुरु भएको छ। हरेक वर्ष सञ्चालन हुदै आएको सप्ताह यस बर्ष केहि ढिलो सञ्चालन भएको हो।

क्याम्पसमा अध्यनरत स्नातक तहका व्यवस्थापन, शिक्षा र मानविकि संकायका विद्यार्थीहरुबीच छेलो, डोरी तान्ने, डवल ब्याडमिन्टन, चेस, टाइगर फाइप, भलिबल र हाजिरीजवाफ प्रतियोगिता जस्ता खेलहरु छात्र र छात्रा दुवैतर्फ प्रतिस्पर्धा हुनेछन्।

आइतबार पहिलोदिन सम्पन्न छेलो हान्ने खेलमा छात्रतर्फ केसर राई, प्रविन आचार्य र कुमार राई क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए। छात्रा तर्फ सीमा राई, सुस्मिता कार्की र सुलोचना सुवेधि क्रमश प्रथम, द्वितिय र तृतिय भएका थिए। आइतबार नै छात्रतर्फका डवल ब्याडमिन्टनको पहिलो चरणको खेल भएका थिए।

आज दोस्रो दिन (सोमबार) छात्रतर्फको एकल टेवल टेनिसको ४ खेल भएका छन् उक्त खेलमा १६ जना प्रतिस्पर्धि रहेका छन् । बाँकी खेल भोलि हुनेछ। आजै सम्पन्न छात्रा तर्फको डवल ब्याडमिन्टनमा आरिया बस्नेत र गीता खड्का बिजेत भएका छन् भने सीमा राई र मनिका गुरुङ उपविजेता भएका छन्। छात्रतर्फ डवल ब्याडमिन्टनमा आजको सेमिफाइनलबाट अनिमेश थापा र साजन राई त्यसैगरी अमित चौधरी र सनम अधिकारी फाइनल प्रवेश गरेका छन् । भोलि (मंगलबार) फाइनल सँगै भलिबल र अन्य बाँकी खेलहरु सुरु हुनेछन्।

एक सातासम्म सञ्चालन हुने सप्ताहको अन्तिम दिन माघ २५ गते केहि खेलको फाइनल संगै सम्पूर्ण खेलहरुको पुरस्कार वितरण गरी समापन हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes