झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुक्रे जंगलमा शनिवार अपरान्ह सवा ४ बजे भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन रतुवामाई बृक्षारोपण आयोजना केन्द्रको टोली र स्थानीयवासी समेतको टोली गएकोमा आगो निभाउने क्रममा स्थानीयवासी ६० बर्षीय राम बहादुर बस्नेत आगोले डढेर घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरी ईलामको रोङ गाउँपालिका ६ की ६६ बर्षीया देवी भण्डारी आफ्नै घर भित्र आगो तापिरहेकोमा आगोले जलेर मृत्यु भएको छ । आगो तापिरहेको अवस्थामा अचानक कपडाबाट आगो सल्कन गई घाईते भएकी भण्डारीको उपचारको क्रममा बिराटनगरको म्याक्स अस्पतालमा राती साँढे ११ बजे मृत्यु भएको हो ।