खोटाङ । उदयपुर रौतामाई ३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षीया भावनाराई मृत अवस्थामा फेला परेकी छिन । गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई खोटाङ हलेसीतुवाचुङ ५ स्थित सुनकोशी नदिको किनारामा स्थानीयबासीहरुले मृत अबस्थामा खोलाले बगाईल्याएको देखी आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी गराएका थिए। घटनाको जानकारी पाउनसाथ प्रहरीटोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।