धरानमा शंकास्पद भनिएको बिरामीमा कोरोना नभएको पुष्टी - Pahilo Online

धरानमा शंकास्पद भनिएको बिरामीमा कोरोना नभएको पुष्टी

writer

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका एक बिरामीलाई कोरोना भाइरस संक्रमण नभएको चिकित्सकले बताएका छन् ।

ज्वरो र घाँटी दुखेर उपचारका लागि पुगेका उनलाई प्रतिष्ठानको मेडिसिन विभागका चिकित्सकले कोरोना भाइरस संक्रमणको आशंकामा गत बिहीबार काठमाडौंको टेकु अस्पताल रिफर गरेको थियो ।

टेकु अस्पतालमा डाइग्नोसिस गर्दा उनको सेतो रक्त कोषिका बढेको, फोक्सोको केही भागमा संक्रमण भएको र उच्च रक्तचाप भएको पत्ता लागेको हो । उनले भनिन, ‘अस्पतालमा कुनै आइसोलेशन वार्डमा नराखी जनरल वार्डमै राखेर उपचार भइरहेको छ । आज शनिबार नै डिस्चार्ज दिने तयारी भएपनि चिकित्सकले नभ्याएर अहिलेसम्म डिस्चार्ज भएको छैन । शायद आइतबार विहान डिस्चार्ज दिन्छन् होला ।’

उनले प्रतिष्ठानमा एक्सरे र रगतको जाँच समेत गरेको तर, चिकित्सकहरुले फोक्सोको एक भागमा संक्रमण भएको र सेतो रक्त कोषिका बढेको समेत पत्ता लगाउन नसकेर कोरियाबाट आएकै भरमा कोरोना भाइसरको शंका गरेर अनावश्यक झमेला दिएको बताइन् । उनले सञ्चारमाध्यमले पनि कोरोना भाइरस संक्रमण भएजतिकै प्रचार गरेर झन तनाव दिएको गुनासो गरिन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes