मोरङमा सशस्त्र प्रहरी बलको तीनवटा विओपी भवनमा उद्घाटन - Pahilo Online

मोरङमा सशस्त्र प्रहरी बलको तीनवटा विओपी भवनमा उद्घाटन

writer

मोरङमा । सशस्त्र प्रहरी बलको तीनवटा बोर्डर आउट पोष्ट भवन उद्घटन भएको छ । संघिय सरकार र प्रदेश सरकारले मोरङको सीमावर्ती क्षेत्रमा निर्माण गरेको तीनवटा बोर्डर आउट पोष्ट भवन शुक्रबार उद्घाटन भएको हो ।

नवनिर्मित भवनहरु सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्रबहादुर थापाले उद्घाटन गरे । प्रदेश सरकार र संघिय सरकारको लागतमा विराटनगर महानगरपालिका – १६ दरैया बस्ती, धनपालथानको सोराभाग र रंगेलीमा विओपी पोष्टका लागि स्थायी संरचना निर्माण गरेको थियो ।

दरैया बस्तीमा विओपी भवन निर्माणका लागि रुक्मणीरमण पोखरेलले ५ कट्ठा जग्गा उपलब्ध गराएका थिए । सोराभागका लागि धनपालथान गाउँपालिका ३ का रमानन्द रौनियारले १० कट्ठा र रंगेली विओपीका लागि दामोदर मण्डलले २ कट्ठा ५ धुर र तारणी मण्डलले १ कट्ठा ५ धुर जग्गा उपलब्ध गराएका थिए ।

तीनवटा बोर्डर आउट पोष्टको उद्घाटन गर्दै बाहिनीपति थापाले मोरङ जिल्लामा सीमा नाका थप मजवुत बनाई सीमा स्तम्भ र सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको सुरक्षामा जोड दिने बताए । उनले खुला सीमामा हुने क्रस बोर्डर क्राईम नियन्त्रण गर्ने बताए । भवन समुद्धघाटनकै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई जग्गा दान गर्ने जग्गा दातालाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes