कोशी मल्टीपललाई पराजिन गर्दै हिसान फुटबलको उपाधि सिटी कलेजलाई - Pahilo Online

कोशी मल्टीपललाई पराजिन गर्दै हिसान फुटबलको उपाधि सिटी कलेजलाई

writer

मोरङ । माध्यमिक विद्यालय संघ (हिसान) मोरङले विराटनगरमा आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ ।

शुक्रवार सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल कलेजलाई २–१ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेल शुरु भएको ११ औं मिनेटमा कोशीका अभिशेक श्रेष्ठले गोल गर्दै कोशीलाई पहिलो सफलता दिलाएका थिए । गोलको चौथौ मिनेपछि सिटीका विमल राईले गोल गर्दै बराबरीमा ल्याएका थिए । पहिलो आफ बराबरी खेलेको सिटीले ७१ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गर्दै सिटीको जित सुनिश्चित गरे ।

फाइनल खेलको म्यान अफ द फाइनल सिटीका विमल राई घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी कोशी क्याम्पसका प्रविन राई घोषित भए । प्रतियोगिताको अबधिमा ५ गोल गर्दै सिटीका सन्तोष श्रेष्ठ हाइस्कोर घोषित भए । फुटबलको उपविजेत बनेको कोशीले क्रिकेट , भलिबलको छात्र तथा छात्रा दुवैतर्फको उपाधि जितेको छ ।

विजयी तथा अन्य खेलाडिहरुलाई प्रमुख अतिथि विराटनगर महानगरपाललिकाका प्रमुख भीम पराजुली, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, केन्दीय महासचिव लोक भण्डारी, डिग्री क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्री, हिसान मोरङका अध्यक्ष राजेश कार्की र वरिष्ठ उपाध्यक्ष अमित ढकाललगायतले पुरस्कार वितरण गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes