नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट प्रशारण सुरु - Pahilo Online

नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट प्रशारण सुरु

writer

इटहरी । नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट प्रशारण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत केन्द्र उद्घाटन गर्दै एनटिभी इटहरी प्रसारण केन्द्र सुरु गरेका हुन् । सो प्रसारण केन्द्रले प्रदेश १, २ दुई तथा सिङ्गो राष्ट्रको समृद्धिमा टेवा पुर्याउने ओलीले बताए । नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट बटन थिचेर शुक्रबार उद्घाटन गरे ।

कार्यक्रमका सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो क्षमता, दक्षता र योग्यताका आधारमा मात्र मर्या्दित र गुणस्तरीय पत्रकारिता गर्न सञ्चारकर्मीलाई आग्रह गरे । नेपाल टेलिभिजनले अब केही समयपछि अङ्ग्रेजी भाषामा एनटिभी वल्ड च्यानलका रुपमा चौबीसै घण्टा प्रसारण गर्न लागेको उनले बताए । “एनटिभीलाई सशक्त सञ्चारमाध्यमको रुपमा स्थापित गरिने छ, अब देशलाई डिजिटल रुपान्तरण गरिने छ, धरानमा डाटा सेण्टरसमेत बनाइने छ”, उनले भने ।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले इटहरी च्यानल एनटिभीको पाँचौँ च्यानल भएको बताउँदै केन्द्रले स्वायत्त निकायका रुपमा प्रसारण सेवा पुर्याउने बताए । प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले इटहरीलाई स्मार्ट सिटी बनाइने बताए । रासस

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes