पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मा¥यो - Pahilo Online

पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मा¥यो

writer

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मारेको छ। जनप्रतिनीधीको आगमनले अहिले गाउँ गाँउका बाटो घाटोहरु बनी रहेकाछन् यस्तै वडा नं ३ मा यो चालु आर्थिक वर्षमा २२ वटा विकाश निमार्णका योजनाहरु छनौट भएका थिए । जसमा केहि योजना चालु रहेकाछन् भने केहि योजना सम्पन्न भएकाछन् र केहि योजना सम्पन्न गर्ने तयारीमा रहेको वडा अध्यक्ष डम्बर चेम्जोङले बताएकाछन्।

यस्तै प्राविधिक बल बहादुर बस्नेत सहितको अुगमनमा छिमेकी लाईनको बाटो ग्राबेलमा वडा ७ संगको सहकार्यमा दुई वटा वडाको ४र४ लाख र उपभोक्ताबाट १५ प्रतिशत सहित जम्मा लागत ८ लाख ९९ हजार ४ सय ३३ रुपया ९४ पैसा लागतमा बाटो ग्राभेल गरिएको हो ।

जसमा बाटो ग्रेडिङ गर्ने कामका लागी ९३ हजार ५ सय २० रुपया ३५ पैसा,खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी ठोस मोटाई सडकमा विच्छयाउने काममा ८ लाख २ हजार ९ सय १३ रुपैयाँ ५९ पैसा र सुचना बोर्डको लागी ३ हजार गरी ८ सय मिटर सडक निमार्ण गर्न ८ लाख ९९ हजार ४ सय ३३ रुपया ९४ पैसा खर्च भएको छ।

यसै गरी वडा नं ३ स्वर्गद्धारी जाने बाटोमा कल्भर्ट निमार्णमा माटो खन्ने काम,ढुङाको सोलिङ, पि.सी.सी गर्ने काम, आर.सी.सी गर्ने काम, फर्माको काम प्लम कङ्क्रिट, रडको काम, ब्याक फिलिङ्ग, कल्भर्टमा रेलिङ लगाउने काम लगायत कामको लागी ५लाख र उपभोक्ताबाट १५ प्रतिशत गरी ५ लाख ६५ हजार २ सय ७२ रुपैया ७ पैसा लागत खर्च भएको प्राविधिक बल बहादुर बस्नेतले बताएकाछन्।

यस्तै मदन भण्डारी कृषी मार्ग उत्तर तर्फको अधुरो सडक निमार्णमा बाटोको सतह मिलाउने काम,खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी ठोस मोटाई रहने गरी सडकमा विच्छयाई रोलिङ गर्ने काम, ह्यूम पाईप खरिद, ढुवानी, माटो खन्ने काम गरी ६ लाख ७३ हजार १० रुपैया १८ पैसा लागत लाग्ने बताइएको छ । यसै गरी लाबर जेठाको घर उत्तरको होलीमा कल्भर्ट निमार्णमा माटो खन्ने काम, ढुङगाको सोलिङ, पि.सी.सी गर्ने काम, आर.सी.सी गर्ने काम, फर्माको काम, रडको काम गरी ४ लाख ९६ हजार २ सय २६ रुपैया ८८ पैसाको स्टमेट रहेको छ ।

यस्तै सगरमाथा टोल देखि दक्षिण खकुरेलको घर हुदै नरहरीको घर तेर्सो जोड्ने बाटो निमार्णमा बाटोको सतह मिलाउने काम, खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी.ठोस मोटाइ रहने डरी सडकमा विच्छयाउने काम, ह्यूम पाइप खरिद, ढुवानी, माटो फिलिङ गर्ने काम, योजनाको सुचना बोर्ड गरी वडाको बजेट ५ लाख र उपभोक्ताबाट संकलित रकम १५ प्रतिशत गरी जम्मा ५ लाख ६० हजार ६ सय ५४ रुयैया २९ पैसा खर्चको स्टमेट रहेको उउपभोक्ता समिती अध्यक्ष खेमराज निरौलाले बताएकाछन्।

बाटो निमार्ण भएपछि अब विरामी भएको बेला पनि घरमा नै एम्बुलेन्स ल्याउन सकिने र गाउँ गाउँ सम्म बाटो आएकोले स्थानीय पनि खुशी भएकाकाछन् । यस्तै अन्य बाँकी रहेका योजनाहर पनि चाडै संचालन गरिने वडा अध्यक्ष डम्बर बहादुर चेम्जोङले बताएकाछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes