धरानमा एकजनामा कोरोना भाइरसको आंशका - Pahilo Online

धरानमा एकजनामा कोरोना भाइरसको आंशका

writer

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बिरामीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। उच्च ज्वरो र घाँटीको दुखाइले उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा बसेका बिरामीलाई कोरोना आशंकामा काठमाडौंको टेकुस्थित राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरिएको हो। प्रतिष्ठानका सहप्रवक्ता असोक अयरका अनुसार तीन दिनदेखि उच्च ज्वरो र घाँटी दुखेर ती बिरामी उपचार गराउन प्रतिष्ठानमा आएका थिए। उपचारको क्रममा आएका ती व्यक्ति कोरियाबाट पाँच दिनअघि मात्र नेपाल आएको खुलेको छ।

बिरामी आफैँले नै कोरियाबाट फर्किएको बताएका उनले बताए। कोरियाबाट आएका ती व्यक्तिलाई कोरोनाको आंशका भएपछि प्रतिष्ठाननको मेडिसिन विभागलाई खबर गरेको थियो। बिरामी आफैँले आफूलाई कोरोना भाइरस संक्रमण भएको आंशका गरेपछि काठमाडौंको टेकु रिफर गरेको अयरले बताए। ’ती बिरामी बिहीबार दिउँसो करिब ३ बजे प्रतिष्ठानको आकस्मिक कक्ष पुगेका थिए। उनलाई राति ७ बजेतिर राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु रिफर गरिएको थियो’ अयरले भने ‘यो आशंका मात्र गरिएको हो।’

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पर्नि यापिड रेस्पोन्स कमिटी गठन गरिएको छ। भाइरसको संक्रमण फैलिन नदिनका लागि प्रतिष्ठानमा पूर्वतयारी एवं सर्तकता अपनाउन अस्पताल निर्देशकको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes