ईलाम, सुनसरी । ईलामको माङसेवुङ गाउँपालिका ३ का २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राईलाई भरुवा बन्दुक सहित पक्राउ गरीएको छ । दुबैजनालाई गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलिले निजहरुलाई २ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १५० ग्राम बारुद समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । भरुवा बन्दुक सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका ६ बाट २ नाल भरुबा बन्दुक र मृत बदेल सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान राती १ बजेको समयमा प्रहरी चौकी पानवारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले धरान ६ स्थित गौडे आहालको जंगलबाट निस्कदै गरेका धरान ६ पानवारीका ३० बर्षीय मणि तामाङ, २६ बर्षीय सिद्धार्थ राई, ३९ बर्षीय राम बहादुर योन्जन र ३० बर्षीय शम्भु दाहाललाई चेकजाँच गर्दा निजहरुको साथबाट २ नाल भरुवा बन्दुक र मृत अवस्थाको करिव ६ किलो वजन भएको बदेल बरामद गरेको थियो । निजहरुले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटर साईकल समेत नियन्त्रणमा लिईएको छ भनेपक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।