कठायत परिवारले निर्माण गरिदिएको मन्दिर क्याम्पसलाई हस्तान्तरण - Pahilo Online

कठायत परिवारले निर्माण गरिदिएको मन्दिर क्याम्पसलाई हस्तान्तरण

writer

पथरीशनिश्चरे । मोरङगको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसमा लालबहादुर लालबहादुर कठायत परिवारले निर्माण गरिदिएको सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । बिहिबार श्रीपञ्चमीको अबसर पारेर कार्यक्रमको प्रमुुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राई (किशोर) र आर्थिक सहयोगदाता लालबहादुर कठायतले संयुक्त रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा नगर इन्चार्ज तथा क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष डी.एन तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख राईले कठायत परिवारले यस क्षेत्रमा गरेको सामाजिक कार्यको चर्चा गर्दै उनीहरुको सकारात्मक सोचलाई सबैले मुक्तकण्ठले प्रसंशा गरेका थिए । त्यसैगरी सो कार्यक्रममा क्याप्टेन सन्तोष कठायतका बुबाले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा संविधानसभा सदस्य चण्डीप्रसाद राई, पूर्व क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनकुमार तुम्वापो, नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्य र पथरीशनिश्चरे शिक्षा शाखाका प्रमुख शालिकराम काफ्ले लगायत रहेका थिए ।

त्यसैगरी कार्यक्रममा यसै क्षेत्रबाट क्याप्टेन बनेका भोगेन्द्र कठायतका परिवारलाई सम्मान समेत गरिएको थियो । ८ लाख लागतमा मन्दिर निर्माण गरिएको निर्माणकर्ता कठायतले जानकारी दिए । कार्यक्रम विधिवत रुपमा पूजाआराधना गरी प्रसाद समेत वितरण गरिएको थियो । सो कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख चेतन पौडेलले गरेका थिए । कठायत परिवारले वडा नं १० जिरिखिम्तीमा करिब २२ लाख लागतमा शिवालय मन्दिरको पुननिर्माण गरी पुराण समेत लगाइदिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes