नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र - Pahilo Online

नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र

writer

नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र राखिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यावस्थापन तथा जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भन्सार परिसरमा राखिएको स्वास्थ्य सहायता कक्षमा भारत, बंगलादेश, भुटान लगायातका मुलुकबाट आएका मानिसको कोरोना भाइरस भए नभएको स्वास्थ्य जाँच गरिने मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले बताए ।

सहायता केन्द्रमा दैनिक दुइजना चिकित्सले बिहान ७ बजेदेखि रातीको ७ बजेसम्म शंकास्पद रोगीको र्याल र रगतको नमूना परीक्षण गर्ने र यो रोग लागेको शंका पाइएमा नजिकै रहेको काकडभिट्टा स्वास्थ चौकीमा पठाउने व्यावस्था मिलाइएको छ ।

स्वास्थ्य चौकीमा बिरामीको विशेष जाँच गर्ने व्यावस्था मिलाइएको समेत झापाका निमित्त जनस्वास्थ्य प्रमुख इश्वरी पौड्यालले बताए। नेपाल भारत खुल्ला सिमा रहेकोले समेत यो रोग भित्रिन नदिन पूर्वी नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes