तेस्रो कचनकवल गोल्डकप माघ २७ देखी फागुन ५ सम्म - Pahilo Online

तेस्रो कचनकवल गोल्डकप माघ २७ देखी फागुन ५ सम्म

writer

भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। यही माघ २७ देखि फागुन ५ गतेसम्म हुने फुटबल प्रतियोगिताको बारेमा मंगलबार कचनकवलमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले उक्त जानकारी गराइएको हो। कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा बनियानी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गरी आठ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष हरि बस्नेतले जानकारी दिए।

उक्त प्रतियोगितामा आयोजक बनियानी युवा क्लब, जलथल फुटबल क्लब झापा, रेड हर्ष फुटबल क्लब इलाम, उर्लाबारी फुटबल क्लब मोरङ, ताल तलैया फुटबल क्लब सुनसरी, चर्च ब्वाइज युनाइडेट ललितपुर, युनाइटेड फुटबल क्लब दार्जि्लिङ भारत र मानेभञ्जाङ फुटबल क्लब पश्चिम बंगाल भारतले सहभागिता जनाउन लागेको अध्यक्ष बस्नेत बताए। प्रतियोगिता सम्पन्न गर्न १६ लाख ५ सय अनुमानित बजेट रहेकोमा लागि प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले चार लाख २५ हजार, कचनकवल गाउँपालिकाले तीन लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट संकलन गरिनेछ। प्रतियोगिताबाट बचत भएको रकम गाउँपालिकाको खेलकुद क्षेत्रकै स्तरोन्नतिका लागि खर्च गरिने उनले बताए। प्रतियोगितामा विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes