प्रधानमन्त्री ओलीद्वारा एमसीसीको बचाउ - Pahilo Online

प्रधानमन्त्री ओलीद्वारा एमसीसीको बचाउ

writer

काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठकमै सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोशन (एमसीसी) परियोजनाको बचाउ गरेका छन्। पार्टीभित्रै व्यापक विरोध भइरहेका बेला ओलीले पार्टीका केन्द्रीय सदस्यहरु सामु सरकारले एमसीसी पारित गर्ने बताए। एमसीसीलाई अमेरिकाको इण्डोप्यासिफिक रणनीतिकसँग जोड्न आवश्यक नभएको दावी गर्दै ओलीले यो परियोजना अघि बढाउँदा नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा कुनै असर नपर्ने जिकिर गरेका हुन्।

एमसीसीबारे गृहमन्त्री थापाले मुख खोले, भने–’केही प्रावधान मान्य छैन, संशोधन हुनुपर्छ’ एमसीसी सम्झौतामा नेपाललाई होच्याउने र अपमान गर्ने कुरा उल्लेख नभएकाले यसबारे स्पष्ट हुन ओलीले केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन्। कार्यान्वयनमा आउनुअघि एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने प्रावधान भएको र अहिले सो प्रकृयामा गएको ओलीले बताए।

श्रीलङ्काले रोक्यो विवादास्पद एमसीसी सहयोग, नेपाल अझै अनिर्णित एमसीसीले नेपाललाई कुनै अप्ठ्यारो नपार्ने जिकिर गर्दै ओलीले प्रधानमन्त्री ओलीले शंका–उपशंकाको आधारमा कुनै पनि देशको भित्री स्वार्थका पछि लाग्न आवश्यक नभएको उल्लेख गरे। एमसीसी स्थापना विकास, सुशासन र पहुँच विस्तारमा केन्द्रित परियोजना भएकाले यसलाई इण्डो प्यासिफिकसँग जोड्नु बेकार हुने ओलीको भनाई छ। प्रदर्शनीमार्गमा नेकपाको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठक बसिरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes