पथरी शनिश्चरे वडा नं ७ मा विकाश निमार्णका १२ वटा योजनाहरु संचालन - Pahilo Online

पथरी शनिश्चरे वडा नं ७ मा विकाश निमार्णका १२ वटा योजनाहरु संचालन

स्वास्थ्यकर्मीका लागि हात्तीपाइले अभिमुखीकरण

writer

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ७ मा वडा बाट छनौट भएका २२ वटा योजना मध्ये १२ वटा योजनाहरु धमाधम संचालनमा भईरहेकाछन्। एउटा योजना सम्पन्न भईसकेको छ भने एउटा सम्पन्न गर्ने तयारीमा रहेको वडा अध्यक्ष कपिल मणी ढकालले बताएकाछन् ।

वडामा संचालनमा रहेका योजनाहरु अनुगमन गर्ने क्रममा बल बहादुर पाख्रीनको घरछेउ कल्र्भट निर्माणको लागी माटो खन्ने काम १ हजार ४ सय ५९ रुपैयाँ ९६ पैसा, ढुङ्गाको सोलिङ १२ हजार ८ सय १० रुपैयाँ ४९ पैसा, पि.सी.सी गर्ने काम २३ हजार ३ सय ८२ रुपैयाँ १९ पैसा,आर सी सी गर्ने काम ३ लाख ९२ हजार ३ सय ९८ रुपया,फर्माको काम २० हजार १ सय २६ रुपया ८२ पैसा,रडको काम १ लाख ९६ हजार ५ सय ३ रुपया १३ पैसा,ब्याक फिलिङ ८ हजार ९ सय ३१ रुपया ८८ पैसा,रेलिङको काम २० हजार १ सय गरी जम्मा वडा बाट ६ लाख र उपभोतmाबाट १५ प्रतिशत रकम लाग्ने वडा नं ७ का प्राविधिक बल बहादुर बस्नेतले बताएकाछन् ।

यसै गरी वडाको छिमेकी लाईन बाटो ग्राभेलमा बाटो ग्रेडिङ गर्ने कामका लागी ९३ हजार ५ सय २० रुपया ३५ पैसा,खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी ठोस मोटाई सडकमा विच्छयाउने काममा ८ लाख २ हजार ९ सय १३ रुपया ५९ पैसा र सुचना बोर्डको लागी ३ हजार गरी जम्मा लागत ८ लाख ९९ हजार ४ सय ३३ रुपया ९४ पैसा लागतमा वडाको ८ लाख र उपभोतmाबाट १५ प्रतिशत खर्च भएको बाटो ९ सय मिटर लम्बाई रहेको वडा सदस्य बिरोज मगरले बताएकाछन् ।

यसै गरी अर्को योजना सहिद मार्ग बाटो निमार्ण निरन्तर गर्ने काममा बाटो ग्रेडिङ गर्ने कामका लागी १ लाख ८८ हजार ९ सय ३० रुपैयाँ खोलाबाट मिक्स ग्राभेल ढुवानी गरी १५ से.मी ठोस मोटाई सडकमा विच्छ्याउने काममा १४ लाख ५९ हजार ८ सय ४२ रुपया ८९ पैसा, सुचना बोर्डको लागी ३ हजार गरी १४ लाख वडाको बजेट र १५ प्रतिशत उपभोतmाबाट संकलित गरी जम्मा १६ लाख ५१ जार ७ सय ७२ रुपया ८९ पैसा खर्च लाग्ने बाटो १ हजार ४ सय मिटर लम्बाई रहेको वडा सदस्य कासीहाङ राईले बताएकाछन् ।

अब बाकी रहेका अन्य योजनाहरु पनि चाडै नै सुचारु हुने अध्यक्ष ढकालले बताएकाछन् ।


यसै नगरपालिकाको स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा स्वास्थ्यकर्मीहरुका लागि आज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

पथरी नगर अस्पतालका डाक्टर सावन मेहता, नगर स्वाथ्य संयोजक मुरारी आचार्य र स्वास्थ्यकर्मी जगत मगरले हात्तीपाइले लाग्ने अवस्था, त्यसको रोकथाम तथा औषधि सेवनका बारेमा प्रष्ट्याउनु भयो । साथै कुरुप हुनबाट जोगाउने औषधिले मानिसलाई असर नगर्ने भएकाले नचाँहिदो भ्रम चिर्नुपर्ने पनि उहाँहरुले बताउनु भयो ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका ५० जना स्वास्थ्यकर्मी र ३० जना महिला स्वास्थ्य स्वयमसेविकामार्फत घर घरमा गएर सवै मानिसलाई औषधि खुवाउने कार्यक्रमलाई सफल पार्न नगरपालिका कार्यालयले सवैमा आव्हान गरेको छ । यसैक्रममा भोली वडा नम्वर १ र १० का सामाजिक अगुवाहरुलाई सो सम्वन्धी अभिमुखीकरण गराइने छ ।

१० वटै वडामा प्रति वडा २० जना सामाजिक अगुवाहरुका लागि १५ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes