पथरी शनिश्चरे वडा नं ८ मा विकाश निमार्णका योजनाहरु धमाधम संचालन हुदै - Pahilo Online

पथरी शनिश्चरे वडा नं ८ मा विकाश निमार्णका योजनाहरु धमाधम संचालन हुदै

writer

अर्पना केशी, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ मा जनप्रतिनिधिको आगमन संगै चालु आर्थिक वर्षका विकाश निर्माणका लागी वडाको बजेटबाट धेरै योजनाहरु सुरु भएका छन् ।

यसै क्रममा सोमबारे बजारमा सामुदायिक भवनको ४ वटा कोठा सहित ६ लाखमा सल्याप ढलान, बिम लगाउने, २ वटा सटर लगाउने, पलस्टर गर्ने, ईलेक्ट्रिकल समानहरु जडान, ट्युवेल गाड्ने र मोटर राख्ने काम धमाधम भईरहेकाछन् । यस्तै वडाको २९ लाख बजेटमा मिलन चौक दोहोलु १ हजार ७ सय ७० मिटर सडक ए गे्रडको बाटो ३३ फुट नाला सहित ग्राभेल,माटो फिलिङको लागी नगरबाटै टेण्डर आवह्वान गरी अहिले काविल कन्ट्रसनले काम सुरु गरेको छ । यसैमा २ सय मिटरको शाखा बाटोलाई माटो फिलिङ सहित ग्राभेल गर्न १ लाख गरी जम्मा ३० लाख बजेटमा वडाको ठुलो योजना सुरु भएको वडा अध्यक्ष बाबुराम दाहालले बताएकाछन् ।

यसै गरी वडाको कुशे देखि लालीगुरास चौक बाटो स्तर उन्नती नाला सहित माटो फिलिङ, ४ वटा होम पाईप राख्ने, ७ सय मिटर ग्राभेल गरी अनुमानित २ कि.मि सडक ६ लाख र उपभोक्ताबाट १५ प्रतिशत लगानीमा काम सुरु भएको सव ईन्जीनियर सन्तोस केशीले बताएकाछन् । यस्तै अर्को योजना बिस बिघे सिमलडाडाँ तथा नेमाङ होली ४ सय मिटर ग्राभेल, एउटा होम पाईप, २ वटा हेडवालको लागी वडाले ३ लाख ५० हजार र उपभोक्ताको १५ प्रतिशत लागतमा योजना सुरु भएको हो ।

यस्तै गोलेटोल शुक्रबारे बजार पश्चिम र बिपी चौक बाटो स्तर उन्नतीमा ६ सय ५० मिटर नाला सहित माटो फिलिङ र ग्राभेल गरी ३ लाख र उपभोक्ताको १५ प्रतिशत लगानीमा काम भईरहेको छ । यस्तै वडाले १ लाख ५० हजार कार्यलयको शौचालयमा छानो, टायल, ट्याङकी, ट्याङकी स्याटल, ट्युवेल बोरिङको सम्पुर्ण काम र मोटर जडानको काम सम्पन्न गरेको छ भने १ लाख बजेट मर्मत संम्हारमा खर्च गरेको सव इन्जिनियर केशीको भनाई रहेको छ । बाँकी रहेका केहि योजनाहरु पनि चाडै सुरु हुने अध्यक्ष दाहालको भनाई रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes