गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु फेला - Pahilo Online

गाउँपालिकाका अध्यक्षको कार्यकक्षमै बमजस्तो शंकास्पद वस्तु फेला

writer

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा शंकास्पद वस्तु फेला परेको छ। अध्यक्षको कार्यकक्ष छिर्ने ढोकानजिक कुकरबाट तार जडान गरी मोबाइलमा जडान गरी राखिएको अवस्थामा शंकास्पद झोला भेटिएको हो। अहिले त्यो शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल इकाइमा खबर गरिएको छ।

गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष केशरकुमार खड्काले अज्ञात समूहले झोलाभित्र बम जडान गरी राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। शंकास्पद वस्तु राति नै राखिएको र आधुनिक डिभाइस प्रयोग गरी विस्फोट गराउन खोजिएको हुन सक्ने अनुमान गरिएको छ। अहिले बम राखिएको स्थानमा प्रहरी पुगिसकेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes