बिरामी बोकेको बोलेरो दुर्घटनामा १ को मृत्यु ३ घाईते - Pahilo Online

बिरामी बोकेको बोलेरो दुर्घटनामा १ को मृत्यु ३ घाईते

writer

ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका ५ मा आज बिहान भएको बोलेरो दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ६ बजेको समयमा स्थानीय ५५ बर्षीय सन्तोष बि.क. बिरामी भई उपचारको लागि बा २१ च ७३६१ नम्बरको बोलेरोमा लिएर ओखलढुङगा जाने क्रममा बाटोमा आफै अनियन्त्रीत भई बाटोबाट करिव ४०० मिटर तल गोपे खोलामा खसेर दुर्घटना हुँदा बोलेरोमा सवार ५५ बर्षीय बि.क.को घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई घाईतेहरुको उद्धार गरी उपचारको लागि फिस्टेल एयरको हेलिकोप्टर द्धारा काठमाण्डौ पठाएको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes