झापाको दमकमा फोहोरबाट ग्याँस उत्पादन गर्ने परियोजना सुरु - Pahilo Online

झापाको दमकमा फोहोरबाट ग्याँस उत्पादन गर्ने परियोजना सुरु

writer

दमक । झापाको दमकमा फोहोरलाई मोहोर बनाउने परियोजना सुरु भएको छ । दमकमा दैनिक ४० टन फोहोरबाट ग्याँस उत्पादन गर्ने उद्योग स्थापना हुन लागेको हो । ‘दमकको फोहोरबाट अब ग्याँस उत्पादन हुनेछ, सो ग्याँसबाट १५ सय परिवारलाई खाना पकाउन सकिन्छ’– दमकका मेयर रोमनाथ ओलीले भने । फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सम्झौतापछि मेयर ओलीले भने– ‘उत्पादन भएको ग्याँस खाना पकाउन प्रयोग गर्ने कि सवारी साधानमा प्रयोग गर्ने भन्ने कार्ययोजना बनाउँदैछौं ।’

दमक नगरपालिकाले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर फोहोरबाट उर्जा उत्पादन गर्ने उद्योग सुरु गर्न लागेको हो । परियोजना निर्माण नेक्स्ट एरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले संयुक्त रुपमा गर्न लागेका हुन् । त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने– ‘४० टन क्षमताको यो परियोजनाबाट एक वर्ष्भित्र ग्याँस उत्पादन हुन्छ । यसबाट दैनिक एक हजार ८४ केजी ग्याँस उत्पादन हुनेछ ।’

परियोजना निर्माणको कूल लागत करिब १५ करोड रुपैयाँ रहेको छ । विश्व बैंक समेतको सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्धारा सञ्चालित नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत कार्यान्वयन हुने यो परियोजनाको कूल लागतको ६० प्रतिशत रकम परियोजना निर्माणकर्ता कम्पनीद्धयले ब्यहोर्नेछन् । बाँकी ४० प्रतिशत रकम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने छ । परियोजनाका लागि आवश्यक जग्गा दमक नगरपालिकाले दिने भएको छ । परियोजना निर्माण भएपछि २० वर्षसम्म निर्माणकर्ताले सञ्चालन गरेर त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes