मोरङ । मोरङको उत्तरी पहाडी क्षेत्र केरावारी गाउँपालिका २ स्थित सिँहदेबीको सोमवारेमा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ। आज आइतबार ७ बजेतिर अज्ञात समुहले एनसेल टावरमा बम बिस्फोट गराएको स्थानियबासीले जानकारी गराएका छन ।
टावरमा बम बिस्फोट भएपछि त्यहाँको एनसेले फोन सेवा अरुवद्ध भएको छ । घटनास्थल पुर्वपश्चिम राजमार्गदेखी करिब ३० किमी उत्तर पहाडी क्षेत्रमा पर्छ । सिँहदेबी मोरङ र धनकुटा जिल्ला जोडने स्थान हो । घटनामा के कति क्षति भएको भन्नेबारे कुनै विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ। मोरङको उत्तरी क्षेत्रमा प्रहरीको उपस्थिती छैन ।
५ माघ साँझ मोरङको मिक्लाजुङ गाप १ आइतबारे नजिक अज्ञात समुहले ३ वटा स्काभेटरमा आगजनी गरेको थियो । १० माघ शुक्रबार साँझ मोरङको केरावारी गाउँपालिका भवनमा अज्ञात समुहले प्रेसरकुकर बम बिस्फोट गराएको थियो । मोरङमा माघ पहिलो हप्तादेखी उत्तरी क्षेत्रमा श्रृंखलाबद्ध हिँसात्मक घटना बढिरहेका छन ।