अरुण तेस्रोको पावर हाउसनजिकै कुकर बम विस्फोट - Pahilo Online

अरुण तेस्रोको पावर हाउसनजिकै कुकर बम विस्फोट

writer

संखुवासभा । आइतबार बिहान अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको हो। विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको संलग्न रहेको बताइएको छ। बम विस्फोटबाट अरुण तेस्रोले राखेको जेनेरेटरमा क्षति पुगेको छ। कुकर बम पड्किँदा जेनेरेटर नजिकै पर्खालमा पनि क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयले यसबारेमा थप विवरण आइनसकेको जनाएको छ। प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन। घटनास्थलमा कुकरका टुक्राहरु भेटिएका छन्। विप्लवले बम पड्काइरहँदा एक नम्बर प्रदेश प्रहरी कार्यालयका डिआईजी ठाकुर ज्ञवाली निरीक्षण भ्रमणमा अहिले संखुवासभामै छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles