सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने - Pahilo Online

सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने

writer


प्रबेश बिष्ट, इटहरा । सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ । विद्यालय व्यवस्थापन समितीका पछिल्ला निर्णयहरुको बृफिङ गर्दै प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले यस सम्बन्धित जानकारी दिए ।

आगमी फागुन २ देखि ६ गतेसम्म आयोजना गरिएको विद्यालकको स्वर्ण जयन्तीका अवसरमा उत्त शैक्षिक कार्यक्रम सम्बन्धि बृस्तृत खाँका सहित घोषण गरिने प्रधानाध्यापक पौडेलले बताए। स्थानिय तहको वर्तमान संरचना कार्यान्वयनमा आएसँगै सिभिल इन्जिनिएरिङका जनशक्तिको उच्च आवश्यकता सिर्जना भएकाले सिभिल इन्जिनिएरिङ कार्यक्रम संचालन गर्ने निणर्य गरिएको विद्यालय व्यवस्थापनका सदस्य तथा रतुवामाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नन्दकुमार चापागाईले बताए । स्थानिय प्राविधिकहरुको अभावका कारण घर नक्सा डिजाइन गर्न र निर्माण कार्यको परामर्श लिन नगरबासीलाई असजिलो भइरहेको उल्लेख गर्दै समयानुकुल सिपयुक्त स्थानिय जनशक्ति उत्पादन गर्न सिभिल इन्जिनिएरिङको पठनपाठन सुरु गर्न लागिएको उनको भनाइ छ ।

स्वर्ण जयन्तीको अवसर पारेर घोषण गरिने उक्त कार्यक्रमलाई सफल पार्न देश विदेशमा रहेका भूतपूर्व विद्यार्थीहरुबाट अभियानका रुपमा आर्थिक सहयोग संकलन गरिने पनि पूर्व विद्यार्थी समेत रहेका वडाध्यक्ष चापागाईले जानकारी दिए। उनले भने “ विद्यालयले छात्रवास सहितको सिभिल इन्जिनिएरिङको कोर्ष संचालन गर्छ, यस कार्यमा हामी भूतपूर्व विद्यार्थीहरुको परिणाममुखी योगदान हुनेछ । ” आर्थिक सहयोग संकलनका लागि कार्यविधि सहित चाडै सार्वजनिक अपिल प्रकाशन गरिने समेत वडाध्यक्ष चापागाईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes