मोरङ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा स्टिकर टाँस्न थालिएको छ ।
ट्राफिक प्रहरी पोस्ट कर्सियाले सवारी चालकलाई प्रशिक्षण दिने, शैक्षिक संस्थामा सचेतनामूलक कक्षाहरू सञ्चालन गर्ने, ट्याक्टरको पछाडि रातको समयमा टल्कने रिफ्लेक्टर राख्ने काम गरिरहेको ट्राफिक प्रहरी सहायक निरीक्षक किशोर निरौलाले बताए । रिफ्लेक्टर टल्किने भएका कारण पछाडिबाट आउने सवारी साधनले राम्रोसँग देख्ने र ट्र्याक्टरमा ठोक्किएर सडक दुर्घटना रोक्न सकिने उनले बताए ।