पत्रकार सुरक्षा कोष स्थापना गर्ने प्रदेश १ को तयारी - Pahilo Online

पत्रकार सुरक्षा कोष स्थापना गर्ने प्रदेश १ को तयारी

writer

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सुरक्षा कोष स्थापनाको लागि सुझाव संकलन थालेको छ । कामबाट निकालिएका, बिरामी परेका तथा दुर्घटनामा परेका पत्रकारलाई सहयोग गर्न प्रदेश सरकारले कोषका लागि रकम पनि छुट्याउने भएकोे हो ।

शुक्रबार मन्त्रालयमा श्रमजीवी पत्रकार र संचारगृह संचालकहरूसँग गरिएको छलफलमा दुर्घटनामा परेका, गम्भीर रोग लागेका र मृत्यु भएका परिवारलाई अधिकतम रु ५ लाखसम्म दिइनु पर्ने संचारकर्मीले सुझाव दिएका छन् । कोष संचालनको मस्यौदा अन्तिम चरणमा पुगेको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

प्रदेशस्तरको संचार प्राधिकरण स्थापना गरी संचारमाध्यममा जाने विज्ञापन बापत केही प्रतिशत रकम कोषमा जम्मा गरिनुपर्ने पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए ।

कुनै पनि संचारगृहमा १ वर्ष काम गरेका पत्रकारलाई पेशाबाट निकालिए कोष र सोही संचारगृहले अर्को काम नपाउन्जेल सहयोग गर्नुपर्ने कार्य्विधिले समेटेको छ । आर्थिक सहायता गर्नुपर्ने पत्रकारलाई आबद्ध भएको संचार माध्यम, पत्रकार महासंघ, चिकित्सक र स्थानीयतहले सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes