घोषणा गरिएको राहत नदिएको छिन्ताङ काण्डका सहिद परिवारको गुनासो - Pahilo Online

घोषणा गरिएको राहत नदिएको छिन्ताङ काण्डका सहिद परिवारको गुनासो

writer

धनकुटा । छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई सरकारले २६ महिनाअघि राष्ट्रिय सहिद घोषणा गरे पनि प्रभावित परिवारलाई राज्यले उपलब्ध कुनै सुविधा उपलब्ध गराएको छैन । केन्द्रले १० र प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने यसअघिको घोषणा हालसम्म कार्यान्वयन नहुँदा सहिद परिवारले आफूहरूलाई राज्यले उपेक्षा गरेको गुनासो पोखेका छन् ।

२०३६ सालमा भएको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सरकारले २०७५ पुषमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । त्यसवापत प्रति परिवारलाई तत्काल दिइने भनिएको १० लाख रकम हालसम्म उपलब्ध गराइएको छैन । यस्तै, गत कात्तिकमा पुनः प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा समेत घोषणामा मात्र सिमित बनेको छिन्ताङ सहिद सरोकार समाजका अध्यक्ष बलराम राईले बताए ।

‘घोषणा गर्नकै लागि मात्र घोषणा नगरि राहतका सवालमा चासो दिइनु पर्यो’ उनले भने, ‘राहत दिने भन्दै छिन्ताङमा आएरै नेता तथा मन्त्रीले कयौं पटक भाषण समेत गरे पनि हालसम्म राहत दिइएन ।’ राज्यका लागि योगदान नगरेकालाई समेत सरकारी ढुकुटीबाट राहतका नाममा रकम खर्चिएपनि वास्तविक सहिदलाई यो हदको उपेक्षा गरिएको भन्दै प्रभावित परिवारले आक्रोस पोखका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes