पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले दुई वटा ब्याच पासआउट भइसक्दा पनि काउन्सिलमा दर्ता पाएनन् - Pahilo Online

पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले दुई वटा ब्याच पासआउट भइसक्दा पनि काउन्सिलमा दर्ता पाएनन्

writer

सुनसरी । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरू अहिले बेरोजगार बनेका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुन नपाएपछि उनीहरु बेरोजगार भएका हुन् । अध्ययनपछि पेशामा लाग्न काउन्सिलमा दर्ता भएको हुनुपर्छ । पास आउट भइसक्दा पनि दर्ता हुन नपाएपछि विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् । पटक–पटक क्याम्पस प्रशासन र डिनले समेत समस्या समाधान गर्ने बताउँदै आन्दोलन रोक्न लगाएपनि हालसम्म समस्या समाधान नभएको विद्यार्थीहरुको गुनासो छ ।

काउन्सिल र क्याम्पस प्रशासनबीचको गैरजिम्मेवारीपनले पासआउट भएका विद्यार्थीहरू मारमा परेका छन् । क्याम्पसमा शैक्षिक वर्ष २०७०, ७१ देखि इलेक्ट्रिकल इन्जिनियरिङको पढाई सुरु भएको हो । अहिलेसम्म दुई वटा ब्याच पासआउट पनि भइसकेका छन् । तर, अहिलेसम्म काउन्सिलमा दर्ता हुन नपाउदा विद्यार्थीहरु बेरोजगार बनेर बसिरहेका छन् ।

क्याम्पस प्रशासनले समयमै काउन्सिलमा कोटा स्वीकृत नगराउँदा अहिले विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । काउन्सिलमा दर्ता हुनबाट बञ्चित हुँदा निजी कलेज, कम्पनी र संस्थानहरूमा जागिर पाउन नसकेको उनीहरूको गुनासो छ । यता क्याम्पस प्रशासन भने नेपाल सरकारको नयाँ नीतिलाई काउन्सिलले बुझ्न नसक्दा समस्या भएको भन्दै पन्छिने गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes