सुनसरी । सुनसरी हरिनगरा गाँउपालिका २ भुटाहा बस्ने ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा ४ बस्ने ४२ बर्षीय लुकमान अन्सारी गाईकाटेको आरोपमा पक्राउ परेका छन । आज बिहान सँवा १० बजे सदुल अन्सारीको घरमा गाईकाटेको छ भन्ने खबर प्राप्तहुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई उनको घरमा बुझ्दा गाईकोटाउको, खुकुरी र अचानोसहित दुबै जनालाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ।