विराटनगरबाट सिद्धबाबा भारत भागे - Pahilo Online

विराटनगरबाट सिद्धबाबा भारत भागे

writer

विराटनगर । बलात्कार अभियोग लागेका ‘सिद्वबाबा’ भनिने कृष्णबहादुर गिरी विराटनगरको सीमावर्ती नाका जोगवनीबाट भारत पसेर सम्पर्क विहीन भएका छन् ।

उनी जोगवनी नाकाबाट भारत पसेको स्रोतले जनाएको छ । गिरी सवार गाडी र उनका अंगरक्षक विराटनगर फर्किए पनि गिरी सम्पर्क्िवहीन भएको समाचार स्रोतले जनाएको छ । १ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले केही साताअघि ३ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । जिल्ला अदालतबाट गिरी रिहा भएपछि महिलाले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेकी छिन् ।

आज उच्च अदालतमा उनको पेशी तोकिएको थियो। उनी पेसीका लागि विराटनगर गएको भनिए पनि जोगवनीबाट चालकसँगै गाडी र उनका निजी सुरक्षाकर्मीलाई फर्काएर सम्पर्क्विहीन भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes