अर्पना केशी
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा जनप्रतिनिधी आए पछि विकाश निर्माणका कामले तिव्रता पाएको छ । यसै क्रममा वडा नं ४ को धरानेटोल, न्यु क्षितिज टोल, कुलुङ चौक र शुक्रबारे मन्दिर दक्षिणलाई वडाको ४ लाख ५० हजार बजेट र उपभोतmाको १५ प्रतिशत अर्थात ६७ हजारको लगानीमा बिहिबार सडकको शिलान्यास गरीएको छ ।
प्रमुख अतिथी वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले स्काभेटरलाई पुजा गरेर सडकको शिलान्यास गरेका हुन् । धराने टोलको ३ सय २० मिटर बाटो क्लिेयरिङ, न्यु क्षितिज टोलको ४ सय २० मिटर नाला सहित २० फुट सडक निमार्ण, कुलुङ चौकमा ३ सय १५ मिटर नाला सहित २० फुट सडक निमार्ण र शुक्रबारे मन्दिर दक्षिण ५ सय मिटर नाला सहित २० फुट सडक निमार्ण गरिने अध्यक्ष भण्डारीले बताएका छन् ।
उपभोतmा समितीका अध्यक्ष राम विकले तोकिएकै समयमा निमार्ण सम्पन्न गर्ने लक्ष्य रहेको बताएकाछन् । उनले स्टमेट अनुसार नै काम गर्ने पनि बताएका हुन् । वडाको ४ लाख ५० हजार र उपभोतmाबाट संकलित रकम १५ प्रतिशतको ६७ हजार गरी जम्मा ५ लाख १७ हजारको लागतमा सडक निमार्ण सुरु गरिएको बताएकाछन् । कार्यक्रममा जनप्रतिनी,विभिन्न संघ सस्थाका प्रतिनीधि,समाजसेवी, बुद्धीजिवी लगायतको उपस्थीती रहेको थियो ।