वडा नं ४ लाई आधारभुत स्वास्य केन्द्र निमार्ण गर्न जग्गा हस्तान्त्रण - Pahilo Online

वडा नं ४ लाई आधारभुत स्वास्य केन्द्र निमार्ण गर्न जग्गा हस्तान्त्रण

writer

अर्पना केशी

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ को न्यु क्षितिज टोलमा केन्द्र सरकारको ३८ लाख लगानीमा आधारभुत स्वास्थ्य केन्द्रको भवन बनाउन जग्गा प्राप्त भएको छ । स्थानीय चन्द्र प्रसाद अधिकारीले आधारभुत स्वास्थ्य केन्द्रको भवन निमार्णका लागी २ कट्ठा १० धुर जग्गा दान गरेकाछन् । केन्द्रीय स्तरबाट सबै स्थानीय तहको वडा स्तरमा एक आधारभुत स्वास्थ्य केन्द्र निमार्ण गर्नु पर्ने प्रावधानलाई वडा नं ४ का लागी आधारभुत स्वास्थ्य केन्द्रको भवन निमार्ण गर्न निस्वार्थ भावनाले जग्गा उपलब्ध गराएको उनका छोरा युवराज अधिकारीले बताएकाछन् ।

बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वडालाई जग्गाको धनिपुर्जा हस्तान्त्रण गरेका छन् । कार्यक्रमका प्रमुख अथिती वडा नं ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारीले वडाको र्दुगम भेगका सामान्य विरामी जनताले पनि स्वास्यको पहुज बाट टाढा हुन अन्त्य भएको बताएकाछन् ।

स्वास्थ्य चौकी निमार्णका लागी केन्द्र सरकारले ३८ लाख बजेट उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताएकाछन् । उनले राम्रो कामको लागी जग्गा दान गर्नु हुने जग्गा दाता अधिकारी परिवारलाई धन्यबाद सहित भवन निमार्ण सम्पन्न भए पछि वडा नगरको तर्फबाट समेत सम्मान गरिने बताएका हुन् । गाउँ गाउँमा नै आधारभुत स्वास्थ्य केन्द्र स्थापना हुने भएपछि स्थानिय हर्षित भएकाछन् ।

कार्यक्रममा विशिष्ट अतिथी वडा सचिव ललिता लावती, वडा सदस्यहरु अम्बर बहादुर बराईली, खड्ग बहादुर सुस्लीङ मगर, तुलसा देवि दर्जी, दिलु मगर, मान बहादुर पौडेली, गंगा सावाँ, भोलानाथ रिजाल, राज कुमार विश्वकर्मा लगायत समाजसेवी, बुद्धीजिवी माहानुभावहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन शिक्षक तुलसी प्रसाद भट्टराईले गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes