मोरङको पथरीमा सुकुम्बासीको नाममा राजनीति - Pahilo Online

मोरङको पथरीमा सुकुम्बासीको नाममा राजनीति

प्रतिपक्षको छुट्टै सुकुम्बासी संगठन

writer

अर्जुन जम्नेली राई

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सुकुम्बासीको नाममा राजनीति सुरु भएको छ । सुकुम्बासीको स्थापित नेता जहरमान लिम्बूको अध्यक्षता सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समिती गठन भएर सुकुम्बासी समस्या समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारसँग पहल गरिरहेको छ ।

उक्त समितिलाई नेकपाको भएको बैचारिक लेपन लगाउदै मौसम लिम्बूको अध्यक्षतामा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समिती गठन भएर छुट्टै कर्यक्रम गर्न थालेको छन् । मौसम लिम्बू भन्छन्,”मलाई कांग्रेसको भन्ने गरे पनि सुकुम्बासीको सवालमा राजनीति गर्न खोजेको होइन ।” विचारको हिसाबले जहरमा नेकपा र मौसम कांग्रेस निकट हुन् । बुधबार (माघ ८) मौसम लिम्बू नेतृत्वको टोलीले १० नम्बर वडामा सुकुम्बासी परिचयपत्र वितरण र प्रतिकट्ठा १० रुपैयाँ पैसा संकलनको कार्यक्रम थियो ।

उक्त कार्यक्रम प्रहरी लगाएर बिथोल्ने अनि मलाई गिरफ्तार गर्ने सूचना आएपछि वडा नम्बर १० का अध्यक्ष सागर राईबाट सुकुम्बासीको तथ्याङ्क संकलनको शिफारिस लिएर काम थालेको मौसमले बताए । सुकुम्बासीबाट प्रतिकट्ठा १० लिएर परिचय पत्र छाप्ने र कार्यक्रम खर्च गर्ने योजना रहेको मौसम लिम्बूको भनाइ छ । हालसम्म ४५० जतिलाई परिचय पत्र बाँडेको मौसमले बताए । मौसम लिम्बूले नगर प्रमुख दिलिपकुमार राई र जहरमान लिम्बूले उजुरी दिएकोले आफू प्रहरीको निशानामा परेको बताएका छन् ।

सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या समाधान पहल नगर समितीको अध्यक्ष जहरमान लिम्बूले भने मौसमले पैसा संकलन र परिचय पत्र वितरण बारे सुकुम्बासीले फोन गरेर सोध्न थालेपछि उक्त काम गलत भएको जनकारी दिएको बताए ।

उजुरीको बिषयमा इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डिएसपी दिलिप गिरीले सो बिषयमा कुनै उजुरी नआएको बताए । सुकुम्बासीलाई गैरकानुनी रुपमा पैसा उठाउन र परिचय पत्र वितरण गर्नु गैर कानूनी कार्य भएको बताए । तथ्यांक संकलन गर्ने काम सहि भएपनी पैसा उठाउने र संघर्ष समितिले परिचयपत्र वितरण कानून संवत् नभएकोले त्यसो नगर्न आफूले सो समूहलाई जानकारी गराएको जहरमान लिम्बूले बताए ।

चुनावमा गरेको प्रतिवद्दता पूरा गर्न नेकपा स्थानीय सरकार सुकुम्बासी तथा दोहिरो स्वामित्वको जग्गाको समस्या समाधानको पहलमा देखिन्छ । यता नेपाली काग्रेस आगामी निर्वाचनमा सुकुम्बासीहरुलाई आफ्नो पक्षमा तान्न सकिन्छकी भन्ने योजनामा काम गरिरहेको बुझिन्छ । यी दुई संस्थाले पथरी चौकमा केहिदिन अघि छुट्टाछुट्टै कार्यक्रम समेत गरेका थिए ।

यद्यपि, सुकुम्बासीको नाममा राजनीति भन्दापनी सबै पक्ष मिलेरै जोतभोगको आधारमा धनिपुर्जा वितरण गर्नु नै दलका स्थानीय नेताहरु र सुकुम्बासीको हित हुने देखिन्छ । सोही बिषयमा सुकुम्बासी बिभाजित हुनु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुने देखिन्छ । आम सुकुम्बासीहरुले दलका नेताहरुलाई मिलेर संयुक्त कार्यक्रम बनाउन दवाब दिनुपर्ने आवश्यक देखिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes