गुनासो सुन्न खेत बारीमै स्थानीय तहका जनप्रतिनिधि - Pahilo Online

गुनासो सुन्न खेत बारीमै स्थानीय तहका जनप्रतिनिधि

writer

दमक । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधिले किसानका खेतबारीमा नै पुगेर कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन्। किसानको आवश्यकता र अवस्था बारे जानकारी लिन तथा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्नु पर्ने कृषि क्षेत्रका कार्यक्रमबारे सुझाव लिन जनप्रतिनिधि किसानका खेत र गोठमानै पुगेका हुन्।

गाउँपालिकाले हालसम्म कृषि क्षेत्रसँग सम्बन्धित बनाएका नीति तथा कार्यक्रमको प्रभावकारिताबारे जानकारी लिन र किसानसँग प्रत्यक्ष अन्तरक्रियाका लागि खेतबारीमै पुगेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन्। किसानको अवस्था र आवश्यकताका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकता दिइने समेत उनको भनाइ छ।

आगामी बजेट तथा नीति कार्यक्रममा किसानले कस्ता कार्यक्रमको अपेक्षा गरेका छन् र अवस्था के छ भन्ने थाह पाउन वास्तविक किसान समक्ष पुगिएको उनको भनाई छ। गाउँपालिकाले वितरण गरेको अनुदानको उपलव्धि, अनुदान नपाएका किसानको अवस्था तथा उनीहरूको आवश्यकता बुझ्न किसानकै खेतीबारीमा पुगेको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes